YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:57-64

भजनसंग्रह 119:57-64 सरल नेपाली

हे परमप्रभु! म तपाईंलाई मात्र चाहन्‍छु, म तपाईंका व्‍यवस्‍थाहरू मान्‍ने प्रतिज्ञा गर्दछु। म तपाईंलाई आफ्‍नो पूरा हृदयले बिन्‍ती गर्दछु, तपाईंले दिनुभएको प्रतिज्ञाअनुसार ममाथि कृपा गर्नुहोस्। मैले आफ्‍नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्‍ने प्रतिज्ञा गर्दछु। ढिलो नगरी म तपाईंका आज्ञाहरू मान्‍न हतार गर्दछु। दुष्‍टहरूले मलाई पासो थापेका छन्, तर म तपाईंको व्‍यवस्‍था भुल्‍दिनँ। तपाईंका धार्मिक न्‍यायहरूको लागि तपाईंको प्रशंसा गर्न म आधा रातमा जागी उठ्दछु। म तपाईंको सेवा गर्नेहरू र तपाईंका व्‍यवस्‍था मान्‍नेहरू, सबैको मित्र हुँ। परमप्रभु, पृथ्‍वी तपाईंको अनन्‍त प्रेमले भरिएको छ, मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्।

भजनसंग्रह 119 पढ्नुहोस्