भजनसंग्रह 119:57-64
भजनसंग्रह 119:57-64 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईं मेरो भाग हुनुहुन्छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु। मैले सम्पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्। मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्यवस्थालाई बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका खातिर मध्यरातमा तपाईंमा धन्यवाद चढ़ाउन उठ्छु। तपाईंको भय मान्नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईंको प्रेमले पृथ्वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्।
भजनसंग्रह 119:57-64 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु। मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्नुहोस्! मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु। तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ। दुष्टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु। म तपाईंको भय मान्नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ। हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!

भजनसंग्रह 119:57-64 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ। हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्। मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें। अनि म तपाईंको करार प्रति फर्किएर आएँ। कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें। केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ। तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें। ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ। ज-जसले तपाईंको आदेशहरू मान्दछन, म ती सबै मानिसहरूको साथी हुँ। हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
भजनसंग्रह 119:57-64 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म तपाईंलाई मात्र चाहन्छु, म तपाईंका व्यवस्थाहरू मान्ने प्रतिज्ञा गर्दछु। म तपाईंलाई आफ्नो पूरा हृदयले बिन्ती गर्दछु, तपाईंले दिनुभएको प्रतिज्ञाअनुसार ममाथि कृपा गर्नुहोस्। मैले आफ्नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्ने प्रतिज्ञा गर्दछु। ढिलो नगरी म तपाईंका आज्ञाहरू मान्न हतार गर्दछु। दुष्टहरूले मलाई पासो थापेका छन्, तर म तपाईंको व्यवस्था भुल्दिनँ। तपाईंका धार्मिक न्यायहरूको लागि तपाईंको प्रशंसा गर्न म आधा रातमा जागी उठ्दछु। म तपाईंको सेवा गर्नेहरू र तपाईंका व्यवस्था मान्नेहरू, सबैको मित्र हुँ। परमप्रभु, पृथ्वी तपाईंको अनन्त प्रेमले भरिएको छ, मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्।