YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:57-64

भजनसंग्रह 119:57-64 NNRV

तपाईं मेरो भाग हुनुहुन्‍छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु। मैले सम्‍पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌। मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका खातिर मध्‍यरातमा तपाईंमा धन्‍यवाद चढ़ाउन उठ्छु। तपाईंको भय मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।