हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु! मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला! दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्। तिनीहरूले भनेका कुराहरू सत्य होइनन्। मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्। मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्। मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें। यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु। मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें। तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें। म तिनीहरूलाई प्रेम गर्छु तर तिनीहरूले मलाई घृणा गर्छन्। मेरो शत्रुलाई उसको कु-कार्यका लागि दण्ड दिनुहोस्। उनीहरू गल्ती हुन् भनी प्रमाणित गर्ने मानिस खोज्नु होस्। न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस्, अनि उसलाई दोषी प्रमाण गरोस्। मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्। मेरो शत्रु चाँडै मरोस्। अर्को कसैले उसको स्थान पाओस्। मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन्, र तिनका पत्नी विधवा होऊन्। तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन्। मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्। परदेशीहरूले उसले गर्ने सबै कामहरू लैजाऊन्। भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्। भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्। मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
भजनसंग्रह 109 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 109:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू