YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 109:1-13

भजनसंग्रह 109:1-13 NNRV

हे परमेश्‍वर, जसको म प्रशंसा गर्छु, मौन नबस्‍नुहोस्‌। किनकि दुष्‍ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्‍ना मुख खोलेका छन्‌, तिनीहरूले मेरो विषयमा झूटो बोल्‍ने जिब्राले बोलेका छन्‌। घृणास्‍पद शब्‍दले तिनीहरूले मलाई घेरेका छन्‌, अनि विनाकारण तिनीहरू ममाथि आक्रमण गर्छन्‌। मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्‍छन्‌, तर म त प्रार्थना गर्ने मानिस हुँ। तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन्‌, र मेरो मित्रताको साटो घृणा। कुनै दुष्‍ट मानिसलाई त्‍यसको विरोध गर्न नियुक्त गर्नुहोस्‌, र त्‍यसलाई दोष लाउने मानिस त्‍यसको दाहिनेपट्टि खड़ा हुन दिनुहोस्‌। त्‍यसको इन्‍साफ हुँदा त्‍यो दोषी ठहरिओस्‌, र त्‍यसका प्रार्थनाले नै त्‍यसलाई दण्‍ड मिलोस्‌। त्‍यसको आयु अल्‍प होस्‌, र त्‍यसको पद अर्कोले खोसोस्‌। त्‍यसका छोरा-छोरीहरू पितृहीन होऊन्‌, र त्‍यसकी पत्‍नी विधवा होस्‌। त्‍यसका छोरा-छोरीहरू भीख माग्‍ने होऊन्‌, तिनीहरूले वास गरेका उजाड-घरहरूबाट तिनीहरू धपाइऊन्‌। त्‍यससँग भएका सबै सम्‍पत्ति साहूले जफत गरोस्‌, र त्‍यसको परिश्रमका फलहरू पराईहरूले लुटून्‌। त्‍यसमाथि दया गर्ने कोही पनि नहोस्‌, न त त्‍यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्‌। त्‍यसका सन्‍तान-दरसन्‍तान बहिष्‍कृत होऊन्‌, अनि आउने पुस्‍तामा तिनीहरूका नाउँ पनि मेटिऊन्‌।