YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 109:1-13

भजनसंग्रह 109:1-13 सरल नेपाली

हे परमेश्‍वर, म तपाईंको प्रशंसा गर्छु; चुप लागि नबस्‍नुहोस्! झूटा र दुष्‍ट मानिसहरू ममाथि आइलागेका छन्, तिनीहरूले मेरो विरुद्धमा झूट कुरा गर्छन्। तिनीहरूले मेरो विरुद्धमा दुष्‍ट कुराहरू भन्‍छन् र बिनाकारण ममाथि आइलाग्‍छन्। मैले तिनीहरूलाई प्रेम गर्छु र तिनीहरूका लागि प्रार्थना गरेको छु, तापनि तिनीहरूले मेरो विरोध गर्छन्। मैले गरेको भलाइको सट्टामा तिनीहरूले मलाई खराबी गर्छन् र प्रेमको सट्टामा घृणा गर्छन्। मेरो शत्रुमाथि मुद्दा चलाउन कुनै दुष्‍ट न्‍यायकर्ता चुन्‍नुहोस् र त्‍यसको कुनै आफ्‍नै शत्रुले त्‍यसलाई दोष लगाओस्। मुद्दा चलोस् र त्‍यो दोषी ठहरिओस्, त्‍यसको बिन्‍ती पनि अपराध नै ठानियोस्! त्‍यसको जीवनको अन्‍त चाँडै होस्, त्‍यसको काम अर्को मानिसले खोसोस्! त्‍यसका सन्‍तानहरू टुहुरा-टुहुरी होऊन् र त्‍यसकी स्‍वास्‍नी विधवा होस्! त्यसका सन्‍तानहरू घरबिनाका भिखारी बनून् र आफू बसेको भत्‍केका घरबाट पनि तिनीहरू धपाइऊन्! त्‍यसलाई ऋण दिनेहरूले त्‍यसका सम्‍पत्ति लैजाऊन्, त्‍यसले गरेका कामका फल परदेशीहरूले लैजाऊन्। त्‍यसमाथि कसैले दया नगरोस्, त्‍यसले छोडिराखेका टुहुरा-टुहुरीको कसैले वास्‍ता नगरोस्। त्‍यसका सबै सन्‍तानहरू मरेर जाऊन् र आउँदो पुस्‍ताले त्‍यसको नाम भुलिसकेको होस्।

भजनसंग्रह 109 पढ्नुहोस्