परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ। यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ। बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ। ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ। ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ। यस्ता मानिसहरू ईमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्। तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्। तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिनीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ।
हितोपदेशको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 2:6-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू