YouVersion लोगो
खोज आइकन

हितोपदेश 2:6-15

हितोपदेश 2:6-15 NNRV

किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌। उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ, किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ। तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌। किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ। विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्, तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्, जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌।