YouVersion लोगो
खोज आइकन

हितोपदेश 2:6-15

हितोपदेश 2:6-15 सरल नेपाली

बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ। उहाँले अरूसित न्‍यायको व्‍यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्‍ना भक्तजनहरूको रेखदेख गर्नुहुन्‍छ। तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्‍यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्‍नेछस् र आफ्‍नो कर्तव्‍य जान्‍नेछस्। तँ बुद्धिमान् बन्‍नेछस् र आफ्‍नो ज्ञानमा आनन्‍द पाउनेछस्। तेरा अन्‍तर्दृष्‍टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्। अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। त्‍यस्‍ता मानिसहरू धर्मी जीवन त्‍यागी पापको अन्‍धकारमा बास गर्छन् र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्, र भर पर्न नसकिने अविश्‍वासीहरू हुन्‍छन्।

हितोपदेश 2 पढ्नुहोस्