सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसँग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ। किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्। तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो। याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ। तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ। इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि, सपाराद सम्म आफ्नो बनाउनेछन्। यहूदाका मानिसहरूलाई यरूशलेम छोड्नु र सपारादमा बस्न विवश पारिएको थियो। तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्। विजयीहरू सियोन पर्वतमा हुनेछन्। ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन्, र राज्य परमप्रभुको हुनेछ।
ओबदियाको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ओबदियाको पुस्तक 1:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू