YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 24:36-40

लूकाको सुसमाचार 24:36-40 NERV

जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो? मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।” तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।