YouVersion लोगो
खोज आइकन

लूका 24:36-40

लूका 24:36-40 सरल नेपाली

यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्‍नुभयो र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्।” भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्‍तो शङ्का गर्छौं? मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्‍नेछौ। आफ्‍नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” यसो भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र खुट्टा देखाउनुभयो।

लूका 24 पढ्नुहोस्