YouVersion लोगो
खोज आइकन

यर्मियाको विलाप 2:11-19

यर्मियाको विलाप 2:11-19 NERV

मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दु:खीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्। जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?” सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरूँ? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ? तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन्। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए। त्यो बाटो हिँड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द’ भन्ने गर्थे त्यो यही शहर हो?” तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै आज त्यही दिन हो, जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं, जो हामीले सोचेका थियौं।” परमप्रभुले त्यही काम गर्नुभयो, जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो, जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। उहाँले त्यहि गर्न भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन नष्ट गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो। परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर। हे सियोनकी छोरी तेरो पर्खालहरू आँसुको खोला जस्तै बग्न दे। रात-दिन तेरो आँसु बग्न दे। तेरो आँखालाई नरोक शान्त हुन नदे! उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।