धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?” येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’” जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे। येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?” शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।” तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।” येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
यूहन्नाको सुसमाचार 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नाको सुसमाचार 6:60-71
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू