यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्न सक्तछ र?” तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन् भनी जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “के यी कुरा तिमीहरूका निम्ति ठोकरको कारण भइरहेछ? तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्यहाँ उक्लँदैगरेको देख्यौ भने नि कसो? जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन्। तर तिमीहरूमध्ये कति छन्, जसले विश्वास गर्दैनन्।” किनभने विश्वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो। अनि उहाँले भन्नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्दैन।” यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोड़े। येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?” सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस हो।” यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
यूहन्ना 6 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:60-71
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू