YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 3:6-18

यर्मियाको पुस्तक 3:6-18 NERV

योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि। यहूदाले आफू वेश्या झैं काम गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी। इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो। परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन। यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर: “‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिमीहरू माथि आँखा तर्न बन्द गर्छु, किनकि म पूर्ण कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो: ‘म अब उसो तिमीसित रीस गर्ने छैन। तिमीले आफ्नो खराब काम स्वीकार गर्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरुद्ध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमुनि तिमीले पराई देवताहरू पुज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।’” यो सन्देश परमप्रभुबाट आएको हो। “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु। तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्। त्यस समयमा देशमा तिमीहरूको संख्या बढ्नेछ।” यो सन्देश परमेश्वरबाट आएको हो। “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्। त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्। ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाटसँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेंछन्।”