इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।” तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।” इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।” यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भूइँमा ओछ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले। जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700 शेकेल भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्री पनि दिए। गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा प्रयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो। मिद्यानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिद्यानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस बर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे। त्यसपछि यरूब्बाल, योआशाका छोरा आफ्नै घरमा गएर बस्न लागे। गिदोनका आफ्नै सत्तरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए। गिदोनकी एउटी रखौटी थिइन् जो शकेम शहरमा वस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलेक राखे। यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे। गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुशरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए। इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बस्ने तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झेनन्। इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।
न्यायकर्ताहरूको पुस्तक 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरूको पुस्तक 8:22-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू