इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।” तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।” अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीहरू हरेकले आफ्नो लूटको मालबाट एउटा कुण्डल मलाई देओ।” ती शत्रु इश्माएलीहरूका बीचमा सुनका कुण्डल लगाउने चलन थियो। तिनीहरूले भने, “अवश्यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्यसमा आफ्नो लूटको मालबाट सुनको एउटा कुण्डल राखिदियो। तिनले मागेका सुनका कुण्डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै भएन। ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो। यसरी मिद्यानीहरू इस्राएलीहरूको अधीनमा भए। उनीहरूले आफ्ना शिर फेरि ठाड़ो गर्न सकेनन्। गिदोनको जीवनपर्यन्त चालीस वर्षसम्म देशमा शान्ति भयो। त्यसपछि योआशका छोरा यरूब-बाल आफ्नै घरमा गएर बस्न लागे। तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्नीहरू थिए। तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्थी। त्यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ अबीमेलेक राखे। अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए। तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए। तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से। यरूब-बाल, अर्थात् गिदोनले इस्राएलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्।
न्यायकर्ताहरू 8 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 8:22-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू