YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 45:1-13

यशैयाको पुस्तक 45:1-13 NERV

आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ: “म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ। कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु। म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ। अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु। म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु। म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ। यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन। मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ। “माथि आकाश बाट पृथ्वीमा पण्टा बर्षिन्छ, जसरी बादलबाट पानी बर्षिन्छ, पृथ्वी खोलिन्छ, अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सबैथोक बनाएँ।” “यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्। एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’” परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परम-पवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ: “मेरा छोरा, तिमीहरूले मलाई चिन्ह दिनुहोस् भनेर भन्यौ। तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ। यसकारण हेर, मैले पृथ्वी बनाएँ, अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाएँ। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए। मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस्। अनि मैले उसको कामहरू सहज पारिदिएँ। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ, कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्, मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।