YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 22:1-14

यशैयाको पुस्तक 22:1-14 NERV

दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश: हे यरूशलेम तिमीलाई के भयो? किन तिनीहरू माथिको तलामा लुकिरहेछौ? विगतमा, यो शहर अत्यन्त खुशी थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्। तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे। यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम नष्ट भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।” परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो। दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ। तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्। तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्, “गाईहरू अनि भेंडा़हरू मार, आऊ अनि खुशी मनाउँ, खाऊ अनि पिऊ, किनभने भोलि हामी मर्नेछौं।” सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।