दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ? ए होहल्ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्। तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ। यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्त्वना दिन कोशिश नगर।” दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान् परमप्रभुबाट भएको यो कोलाहलको र कुल्चीमिल्ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्काउने, र पर्वतलाई पुकार्ने दिन हो। एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्छ। तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्। यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्। त्यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्यौ। तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्वालहरू रहेछन् भनी देख्यौ। तिमीहरूले तल्लो पोखरीमा पानी जम्मा गर्यौ। तिमीहरूले यरूशलेमका पक्का घरहरू गन्यौ, र पर्खाल बलियो पार्न घरहरू भत्कायौ। तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्ति पानी राख्ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ। त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्न र भाङ्ग्रा लाउनलाई बोलाउनुभयो। तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।” सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्म पनि प्रायश्चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
यशैया 22 पढ्नुहोस्
सुन्नुहोस् यशैया 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 22:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू