यशैया 22:1-14
यशैया 22:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ? ए होहल्ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्। तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ। यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्त्वना दिन कोशिश नगर।” दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान् परमप्रभुबाट भएको यो कोलाहलको र कुल्चीमिल्ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्काउने, र पर्वतलाई पुकार्ने दिन हो। एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्छ। तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्। यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्। त्यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्यौ। तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्वालहरू रहेछन् भनी देख्यौ। तिमीहरूले तल्लो पोखरीमा पानी जम्मा गर्यौ। तिमीहरूले यरूशलेमका पक्का घरहरू गन्यौ, र पर्खाल बलियो पार्न घरहरू भत्कायौ। तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्ति पानी राख्ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ। त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्न र भाङ्ग्रा लाउनलाई बोलाउनुभयो। तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।” सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्म पनि प्रायश्चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
यशैया 22:1-14 पवित्र बाइबल (NERV)
दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश: हे यरूशलेम तिमीलाई के भयो? किन तिनीहरू माथिको तलामा लुकिरहेछौ? विगतमा, यो शहर अत्यन्त खुशी थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्। तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे। यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम नष्ट भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।” परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो। दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ। तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्। तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्, “गाईहरू अनि भेंडा़हरू मार, आऊ अनि खुशी मनाउँ, खाऊ अनि पिऊ, किनभने भोलि हामी मर्नेछौं।” सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

यशैया 22:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ? हे होहल्ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्। तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ। यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।” सेनाहरूका याहवेह, प्रभुकहाँ दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची र आतङ्कको एउटा दिन छ; पर्खाल भत्काउने र पहाडहरूसित कराउने एउटा दिन छ। एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ। तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्। यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्; तैँले दावीदको सहरका धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; तैँले तल्लो पोखरीमा पानी जम्मा गरिस्। तैँले यरूशलेममा भवनहरू गनिस्, र पर्खाल बलियो पार्न घरहरू भत्काइस्। तैँले पुरानो कुवाको पानीको निम्ति दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्। त्यस दिन प्रभु, सेनाहरूका याहवेहले तँलाई त्यससित रुन र विलाप गर्न, आफ्नो केश लुछ्न र भाङ्ग्रा लगाउन बोलाउनुभयो। तर हेर, आनन्द र रमाहट, पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, मासु खाने र मद्य पिउने काम भइरहेछ! तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; किनकि भोलि त हामी मर्नेछौँ!” सेनाहरूका याहवेहले मैले सुन्ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्नुहुन्छ।
यशैया 22:1-14 पवित्र बाइबल (NERV)
दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश: हे यरूशलेम तिमीलाई के भयो? किन तिनीहरू माथिको तलामा लुकिरहेछौ? विगतमा, यो शहर अत्यन्त खुशी थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्। तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे। यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम नष्ट भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।” परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो। दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ। तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्। तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्, “गाईहरू अनि भेंडा़हरू मार, आऊ अनि खुशी मनाउँ, खाऊ अनि पिऊ, किनभने भोलि हामी मर्नेछौं।” सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।
यशैया 22:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दर्शनको बेसीको सम्बन्धमा यो अगमवाणी छ: के भइरहेछ? किन सहरका सबै बासिन्दाहरूले घर-घरका कौसीहरूमाथि आनन्द मनाइरहेका छन्? सारा सहरमा होहल्ला भइरहेछ, मानिसका सोर र उत्तेजनाले सहर भरिएको छ। यस लडाइँमा मरेका तिम्रा मानिसहरू लडाइँ गरेर मरेनन्। तिम्रा सबै अगुवाहरू भागे र एउटा काँड नहानी कब्जामा परे। मरेका मेरा मानिसहरूका निम्ति रुँदै बिलौना गर्न मलाई एक्लै छोडिदेऊ। मलाई सान्त्वना दिने चेष्टा नगर। दर्शनको बेसीमा अहिले आतङ्क, हार र गडबडीको समय छ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले ती हामीमाथि पठाउनुभएको हो। हाम्रो सहरका पर्खालहरू भत्काइएका छन् र मद्दतको निम्ति उठेको पुकार डाँडा-डाँडामा ठोकिएर गुञ्जिरहेको छ। एलाम देशका सिपाहीहरू घोडामा सवार भई, धनु-काँड भिरेर आए। कीर देशका सिपाहीहरूले आफ्ना ढाल तयार राखे। यहूदाका मलिला बेसीहरू रथले भरिएका थिए। घोडचढी सिपाहीहरू यरूशलेमका मूलढोकामा खडा भए। यहूदाले आफ्नो बचाउको निम्ति बनाएका उपायहरू भताभुङ्ग भए। त्यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्यौ। यरूशलेमका पर्खालका मरमत गर्नुपर्ने ठाउँ खोजी निकाल्यौ। यरूशलेममा भएका सबै घरहरूको जाँच गर्यौ र कुनै-कुनै घर भत्काएर त्यहाँका ढुङ्गा सहरका पर्खाल मरमत गर्नलाई लियौ। पानी जगेडा गर्न तिमीहरूले एउटा कुण्ड सहरभित्र बनायौ। पुरानो पोखरीबाट बगिआएको पानी त्यस कुण्डमा जम्मा हुन्थ्यो। तर यी सबै धेरै अघिबाटै प्रबन्ध गर्नुहुने र ती गराउने परमेश्वरलाई तिमीहरूले ध्यान दिएनौ। सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुने र विलाप गर्ने, टाउको खौरने र भाङ्ग्रा लगाउने आदेश दिँदै हुनुहुन्थ्यो। त्यसको सट्टामा तिमीहरूले हाँस्दै रमाहट गर्यौ। गोरु र भेडा खानलाई काट्यौ। मद्य पियौ। तिमीहरूले भन्यौ, “लौ खाऔं र पिऔं। भोलि त हामी मर्नेछौं।” सार्वभौम, सर्वशक्तिमान् परमप्रभु आफैं मसित बोल्नुभयो र भन्नुभयो, “यस दुष्ट्याइँको निम्ति तिनीहरू नमरेसम्म माफ पाउनेछैनन्। म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु यी कुरा भन्दछु।”