हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ। हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ। यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्। वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।” तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।
हिब्रूहरूको निम्ति पत्र 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरूको निम्ति पत्र 8:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू