YouVersion लोगो
खोज आइकन

हिब्रू 8:1-6

हिब्रू 8:1-6 सरल नेपाली

हामीले भनेका मुख्‍य कुरा पनि यिनै हुन्, हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्‍नुभएको छ। उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्‍छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्‍वरले टाँग्‍नुभएको साँचो पाल हो। सबै प्रधान पूजाहारीहरू परमेश्‍वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्‍छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्‍यो। उहाँ यस पृथ्‍वीमा नै हुनुभएको भए पूजाहारी बन्‍नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्। तिनीहरूले गर्ने काम स्‍वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्‍तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्‍दा परमेश्‍वरले उनलाई यसो भन्‍नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्‍तै सबै कुरा बनाउनू।” येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्‍यसरी नै परमेश्‍वर र उहाँका मानिसहरूबीच येशूले बाँध्‍नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ।

हिब्रू 8 पढ्नुहोस्