YouVersion लोगो
खोज आइकन

हिब्रू 8:1-6

हिब्रू 8:1-6 NNRV

अब हामीले भन्‍न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ। किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ। उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌। तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।” तर यसै पनि ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा त्‍यतिकै बढ़ी श्रेष्‍ठ छ, जत्तिको उहाँले मध्‍यस्‍थता गर्नुभएको करार पुरानोभन्‍दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ।