जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो। तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो। पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो। जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो। यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो। यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो। केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।” तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्। मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।” त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो। एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।
उत्पत्तिको पुस्तक 39 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 39:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू