YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:1-12

उत्‍पत्ति 39:1-12 NNRV

अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्‍तान पोतीफर भन्‍ने एक जना मिश्रीले तिनलाई त्‍यहाँ ल्‍याउने इश्‍माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए। उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिककी पत्‍नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्‌।” तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मभन्‍दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्‍छ। तब कसरी यस्‍तो घोर दुष्‍ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्‍न अथवा तिनीसित बस्‍न योसेफ मानेनन्‌। एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्‌। तर आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्‍के।