तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्। म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।” त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।” त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, “जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ, र म तिम्रो कारणले भूमिलाई सराप्ने छु, जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ, त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ। त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ, अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ। तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।” त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्। परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।” परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
उत्पत्तिको पुस्तक 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 3:14-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू