आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!” यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो। तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो। पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो। साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
उत्पत्तिको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 1:1-13
12 दिनहरू
यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू