YouVersion लोगो
खोज आइकन

इजकिएलको पुस्तक 45:1-15

इजकिएलको पुस्तक 45:1-15 NERV

“जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौंडाको होस्। त्यो जमीन पवित्र हुनेछ। पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौंडाको एउटा खुल्ला क्षेत्र हुनेछ। त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात लामो अनि 10,000 हात चौंडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ। “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। दोस्रो क्षेत्र 25,000 हात लामो अनि 10,000 हात चौंडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ। “तिमीले शहरलाई 5,000 हात चौंडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौंडाईको हुन्छ जुन चौंडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।” परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो। “मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर। एपा (सूख्खा चीजहरूको नाप) अनि बाथ (द्रब्य पदार्थको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ। एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठ्ठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ। “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ: एपाको छैटौं भाग गहूँको हरेक होमर छ बुशल गहूँ लागि एपाको छैटौं भाग जौंको हरेक होमर; बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ! दुइसय भेंडा़हरूबाट एउटा भेंडा़ इस्राएलको असल पानी लगाएको खर्कबाट ल्याऊ।