YouVersion लोगो
खोज आइकन

इजकिएल 45:1-15

इजकिएल 45:1-15 पवित्र बाइबल (NERV)

“जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौंडाको होस्। त्यो जमीन पवित्र हुनेछ। पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौंडाको एउटा खुल्ला क्षेत्र हुनेछ। त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात लामो अनि 10,000 हात चौंडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ। “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। दोस्रो क्षेत्र 25,000 हात लामो अनि 10,000 हात चौंडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ। “तिमीले शहरलाई 5,000 हात चौंडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौंडाईको हुन्छ जुन चौंडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।” परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो। “मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर। एपा (सूख्खा चीजहरूको नाप) अनि बाथ (द्रब्य पदार्थको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ। एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठ्ठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ। “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ: एपाको छैटौं भाग गहूँको हरेक होमर छ बुशल गहूँ लागि एपाको छैटौं भाग जौंको हरेक होमर; बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ! दुइसय भेंडा़हरूबाट एउटा भेंडा़ इस्राएलको असल पानी लगाएको खर्कबाट ल्याऊ।

शेयर गर्नुहोस्
इजकिएल 45 पढ्नुहोस्

इजकिएल 45:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘जब तिमीहरूले उत्तराधिकारको निम्‍ति देश बाँड़ेर दिन्‍छौ, तब तिमीहरूले त्‍यसबाट परमप्रभुको निम्‍ति २५,००० हात लामो र २०,००० हात चौड़ा भएको एक भाग पवित्र जिल्‍ला हुनलाई अलगै उपहार दिनू। त्‍यो जम्‍मै क्षेत्र पवित्र हुनेछ। यसबाट लमाइ र चौड़ाइ दुवै ५०० हात भएको एउटा भाग पवित्रस्‍थानको निम्‍ति हुनेछ। त्‍यसका चारैतिर पचास हात चौड़ा एउटा खुला ठाउँ होस्‌। त्‍यही पवित्र जिल्‍लामा २५,००० हात लामो र १०,००० हात चौड़ा एउटा ठाउँ नाप्‍नू। त्‍यहाँ पवित्रस्‍थान र महा-पवित्रस्‍थान हुनेछन्‌। यो ठाउँचाहिँ पवित्रस्‍थानमा परमप्रभुको सेवा गर्दा परमप्रभुको नजिक आउने पूजाहारीहरूका निम्‍ति देशको एउटा पवित्र भाग होस्‌। यो तिनीहरूका घरहरूका निम्‍ति जग्‍गा र पवित्रस्‍थानको निम्‍ति पनि एउटा पवित्र ठाउँ हुनेछन्‌। २५,००० हात लामो र १०,००० हात चौड़ा भएको एउटा क्षेत्र मन्‍दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्‍यो तिनीहरू बस्‍ने नगरहरूका निम्‍ति एउटा निजी अधिकार हुनेछन्‌। “‘तिमीहरूले ५,००० हात चौड़ा र २५,००० हात लामो भएको, र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्‍यसको जग्‍गाजमिनको रूपमा दिनू। योचाहिँ इस्राएलको सारा घरानाको निम्‍ति हुनेछ। पवित्र जिल्‍ला र सहरको जग्‍गाजमिनका हरेक किनारको जमिनचाहिँ राजकुमारको हुनेछ। त्‍यो पश्‍चिमपट्टिबाट पश्‍चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुल-कुलका भागहरूमध्‍ये एउटाको समानान्‍तर भएर पश्‍चिम सिमानादेखि पूर्व सिमानासम्‍म फैलिएर गएको तिनको भाग हुनेछ। यो जग्‍गाचाहिँ इस्राएलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिल्‍यै अत्‍याचार गर्नेछैनन्, तर तिनीहरूले इस्राएलका घरानालाई तिनीहरूका कुल-कुलअनुसार जग्‍गाजमिन अधिकार गर्नलाई अनुमति दिनेछन्‌। “‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका राजकुमार हो! बस, तिमीहरूले अति नै गर्‍यौ! तिमीहरूका उपद्रव र अत्‍याचार त्‍यागिदेओ, र जो न्‍यायसङ्गत र ठीक छ त्‍यही गर। आफ्‍नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्‍कासन गर्न छोड़िदेओ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। तिमीहरूले ठीक-ठीक तौलका ढक र तराजू प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ पनि ठीक-ठीक नापका होऊन्‌। एपा र बाथका नाप एकसमान होस्, अर्थात्‌ होमेरको दशांश भाग। दुवैको लागि होमेरचाहिँ सैद्धान्‍तिक नाप होस्‌। तिमीहरूका शेकेलको तौल बीस गेराको होस्‌। दश, पच्‍चीस र पन्‍ध्र शेकेल जोड़ेर तिमीहरूको मीना होस्‌। “‘तिमीहरूले चढ़ाउनुपर्ने विशेष भेटी यही हो: गहूँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग। तेलको निम्‍ति तोकिएको हिस्‍साचाहिँ हरेक कोरबाट बाथको दशौँ भाग हो। (एक कोरमा दश बाथ, अर्थात्‌ एक होमेर हुन्‍छ।) इस्राएलका खर्कहरूमा राम्रो दाना-पानी पाएका हरेक दुई सय बगालबाट एउटा भेड़ो लिइओस्‌। मानिसहरूका लागि प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्‍ति यी प्रयोग गरून्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

इजकिएल 45:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्‍ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्‍चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ। पवित्र इलाकामा पाँच सय क्यूबिट वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको खुला ठाउँ रहनेछ। त्यस पवित्र जिल्‍लामा एउटा पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ। त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ। पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ। “ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ। “ ‘इस्राएलका राजकुमारले पवित्र जिल्‍ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्‍चिम भागबाट पश्‍चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्‍चिमी सिमानासम्म फैलिएर जानेछ। यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ। “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरूले ठिक तराजु, ठिक एपा र ठिक बाथ प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्। एक शेकेलमा बीस गेरा होस्। बीस शेकेलमा पच्‍चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना हुनेछ। “ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू। लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)। साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

शेयर गर्नुहोस्
इजकिएल 45 पढ्नुहोस्

इजकिएल 45:1-15 पवित्र बाइबल (NERV)

“जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौंडाको होस्। त्यो जमीन पवित्र हुनेछ। पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौंडाको एउटा खुल्ला क्षेत्र हुनेछ। त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात लामो अनि 10,000 हात चौंडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ। “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। दोस्रो क्षेत्र 25,000 हात लामो अनि 10,000 हात चौंडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ। “तिमीले शहरलाई 5,000 हात चौंडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौंडाईको हुन्छ जुन चौंडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।” परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो। “मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर। एपा (सूख्खा चीजहरूको नाप) अनि बाथ (द्रब्य पदार्थको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ। एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठ्ठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ। “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ: एपाको छैटौं भाग गहूँको हरेक होमर छ बुशल गहूँ लागि एपाको छैटौं भाग जौंको हरेक होमर; बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ! दुइसय भेंडा़हरूबाट एउटा भेंडा़ इस्राएलको असल पानी लगाएको खर्कबाट ल्याऊ।

शेयर गर्नुहोस्
इजकिएल 45 पढ्नुहोस्

इजकिएल 45:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जब जमिन बन्‍डा लाएर कुल-कुललाई एक-एक भाग गरिन्‍छ, तब एक भागचाहिँ परमप्रभुको निम्‍ति अर्पण गरी अलग्‍गै राख्‍नू। त्‍यो साढे बाह्र किलो मिटर लामो र दश किलो मिटर चौडा होओस् र त्‍यो सबै पवित्र भूमि हुनेछ। त्‍यहाँ मन्‍दिरको निम्‍ति एउटा वर्गाकर क्षेत्र २५० मिटर लमाइ र त्‍यति नै चौडाइ भएको र चारैपट्टि पच्‍चीस मिटर चौडा खुल्‍ला ठाउँ भएको होस्। त्‍यसको आधा भाग अथवा साढे बाह्र किलोमिटर लमाइ र पाँच किलोमिटर चौडाइ भएको हिस्‍सा नापेर अलग्‍गै छुट्ट्याउनू। त्‍यस हिस्‍सामा मन्‍दिर बनिनेछ अनि त्‍यो सबैभन्दा पवित्र-स्‍थान हुनेछ। त्‍यो देशको एउटा पवित्र भाग हुनेछ अनि मन्‍दिरमा परमप्रभुको सेवाकार्य गर्ने पूजाहारीहरूको निम्‍ति त्‍यो अलग गरिनेछ। त्‍यहाँ पूजाहारीहरूका घरहरू हुनेछन् र मन्‍दिर बनाउने ठाउँ हुनेछ। त्‍यस ठाउँको अर्को आधा भागचाहिँ मन्‍दिरमा सेवाको काम गर्ने लेवीहरूका निम्‍ति अलग राखिनेछ। त्‍यहाँ लेवीहरू बसोबास गर्ने सहरहरू बनिनेछन्। पवित्रस्‍थानको छेउमा साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको अर्को एक टुक्रा जमिन अलग्‍गै छुट्ट्याउनू। त्‍यहाँ इस्राएलका मानिसहरू बसोबास गर्ने सहरहरू बसालिनेछ। शासकको निम्‍ति पनि एउटा जग्‍गा छुट्ट्याउनुपर्नेछ। त्‍यो पवित्रस्‍थानको पश्‍चिम-सिमानादेखि पश्‍चिमतिर नै भूमध्‍य सागरसम्‍म जानेछ र पूर्वपट्टि चाहिँ पवित्रस्‍थानको पूर्व-सिमानादेखि पूर्वतिरै त्‍यस देशको साँध-सिमानासम्‍म पुग्‍नेछ। यसरी नै त्‍यसको लमाइ पनि इस्राएलका कुनै पनि कुललाई दिइएको जग्‍गाको लमाइ बराबर हुनेछ। यही क्षेत्रचाहिँ शासकले इस्राएल देशमा पाउने भाग हो। यसैकारण शासकले प्रजामाथि फेरि अत्‍याचार गर्नेछैन र बाँकी जमिन इस्राएलका कुलहरूलाई छोडिदिनेछ। सार्वभौम परमप्रभुले भन्‍नुभयो, “ए इस्राएलका शासकहरू हो, तिमीहरूले धेरै समयसम्‍म पाप गर्‍यौ! तिमीहरूले आफ्‍ना हिंसा र अत्‍याचार बन्‍द गर। जे कुरा उचित र न्‍यायपूर्ण छन्, ती गर। फेरि तिमीहरूले कहिल्‍यै मेरा प्रजालाई तिनीहरूको भूमिबाट बाहिर नधपाउनू। म सार्वभौम परमप्रभुले तिमीहरूलाई यो कुरा भन्‍दै छु। “हरेक मानिसले ठीक ढक-तराजु, माना-पाथी र माप-दण्‍ड चलाउनुपर्नेछ: “हरेक कुरोको तौल समान होस्, सुखा चीज तौलने ‘एपा’ र तरल चीज तौलने ‘बाथ’ एकै नापका होऊन् र ती दुईको नाप ‘होमेर’ अनुसार यसरी गर्नुपर्नेछ अर्थात्: होमेर = दश एपा = दश बाथ। “ओजनको तौल यस्‍तो होओस्– बीस गेरा = एक शेकेल। साठी शेकेल = एक मीना। “तिमीहरूले आफ्‍ना भेटी यस हिसाबले चढाउने गर्नू– गहुँ: उब्‍जनीको १/६० भाग जौ: उब्‍जनीको १/६० भाग जैतुनको तेल: उब्‍जनीको १/१०० भाग। भेडा: दुई सय भेडाबाट एक (बाथका हिसाबले तौलँदा यस्‍तो हुन्‍छ– दश बाथ = एक होमेर = एक कोर।) “तिमीहरूले अन्‍नबलि, होमबलि र मेलबलिका निम्‍ति पशुहरू, अन्‍न र तेल ल्‍याउनेछौ र तिमीहरूका पाप क्षमा गरिनेछ। म सार्वभौम परमप्रभु यो आज्ञा दिंदछु।

शेयर गर्नुहोस्
इजकिएल 45 पढ्नुहोस्