परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे। परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु। एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।” तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने, “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसँग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”
प्रस्थानको पुस्तक 34 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 34:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू