परमप्रभु बादलमा ओर्लिआउनुभयो र त्यहाँ मोशासित उभिनुभयो। उहाँले आफ्नो पवित्र नाम ‘परमप्रभु’ उच्चारण गर्नुभयो। परमप्रभु तिनको अघिबाट भएर जानुभयो र भन्नुभयो, “म परमप्रभु करुणा र दयाले भरिएको परमेश्वर हुँ, जो झट्टै रिसाउँदैन र जसले महान् प्रेम र विश्वासयोग्यता देखाउँछ। म हजारौँ पुस्तासम्म आफ्नो प्रतिज्ञा राख्छु र दुष्टता, विद्रोह र पाप क्षमा गर्दछु। तर आमा-बुबाका पापको निम्ति तिनीहरूका छोरा-छोरीहरू र नाति-पनातिहरूलाई तेस्रो र चौथो पुस्तासम्म म दण्ड नदिई छोड्दिनँ।” मोशाले तुरुन्तै भूइँमा निहुरेर परमेश्वरलाई दण्डवत् गरे। उनले भने, “प्रभु, तपाईं साँच्चै मसित प्रसन्न हुनुहुन्छ भने म बिन्ती गर्दछु कि तपाईं हामीसित आउनुहोस्। यी मानिसहरू ढिट छन् तर हाम्रा दुष्टता र पाप क्षमा गर्नुहोस् र हामीलाई आफ्नै प्रजा भनी ग्रहण गर्नुहोस्।”
प्रस्थान 34 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 34:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू