YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 34:5-9

प्रस्‍थान 34:5-9 NNRV

अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्‍यहाँ खड़ा भएर उहाँले आफ्‍नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो। त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ। उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्‍छ, र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्नुहुन्‍छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्‍छ। पिता-पुर्खाका दुष्‍टताको दण्‍ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्‍तासम्‍म दिनुहुन्‍छ।” तब मोशाले हत्तपत्त भूइँतिर आफ्‍नो शिर निहुराएर आराधना गरे। तिनले भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, हे परमप्रभु, बिन्‍ती छ, परमप्रभु नै हाम्रा साथमा हिँड्‌नुहोला। यिनीहरू हठी मानिस भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरेर हामीलाई आफ्‍नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्‌।”