अनि तेस्रो दिनमा एस्तर आफैं राजकीय वस्त्र पहिरिन् र गएर राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए। जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्। तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ भन यदि तिमीले आधा राज्यसम्म मागेपनि म तिमीलाई दिनेछु।” अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।” राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।” अनि राजा र हामान एस्तरले आयोजन गरेको भोजमा गए। राजाले दाखरस पिउँदै गर्दा एस्तरलाई भने। “तिमीले के माग्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छेऊ त्यो दिइने छ। अनि तिमी जे पनि माग्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।” अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तोछ। यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”
एस्तरको पुस्तक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तरको पुस्तक 5:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू