तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए। जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्। राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।” एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।” एस्तरको इच्छा पूरा गर्न राजाले हामानलाई तुरुन्तै बोलाएर ल्याउने हुकुम गरे। तब एस्तरले तयार गरेको भोजमा राजा र हामान गए। दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।” जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ: यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।”
एस्तर 5 पढ्नुहोस्
सुन्नुहोस् एस्तर 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 5:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू