जब तिनीहरूले मोर्दकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए, “तिमी स्वयंले यो राजाको दरवारमा बस्छु भनेर नसोच, सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ भनेर नसोच। तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?” तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।” यसर्थ मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।
एस्तरको पुस्तक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तरको पुस्तक 4:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू