YouVersion लोगो
खोज आइकन

एस्‍तर 4:12-17

एस्‍तर 4:12-17 NNRV

तर जब एस्‍तरले भनेको कुरा मोर्दकैलाई सुनाइयो, तब उनले एस्‍तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्‍ये तिमी मात्रै बाँच्‍नेछौ। यस्‍तो बेलामा तिमी चूपै लागी बस्‍यौ भने यहूदीहरूका निम्‍ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्‍ट हुनेछन्‌। शायद यस्‍तै समयको निम्‍ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?” तब एस्‍तरले मोर्दकैकहाँ यस्‍तो जवाफ पठाइन्‌: “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।” तब मोर्दकै गइहाले, र एस्‍तरले हुकुम गरेअनुसार नै गरे।