YouVersion लोगो
खोज आइकन

एस्‍तर 4:12-17

एस्‍तर 4:12-17 सरल नेपाली

एस्‍तरको खबर पाएपछि मोर्दकैले तिनलाई यस्‍तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ। यस्‍तो समयमा तिमी चुप लागेर बस्‍यौ भने स्‍वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्‍नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्‍तान मेटिनेछ। कसले जान्‍दछ र, यस्‍तै समयको निम्‍ति तिमी रानी हुन पुगेकी हौ कि?” एस्‍तरले मोर्दकैलाई यस्‍तो जवाफ पठाइन्, “गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्‍ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्‍यस्‍तै गर्नेछौं। त्‍यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्‍यसो गर्दा म मर्न परे, मर्न तयार छु।” त्‍यसपछि मोर्दकै बिदा भए र एस्‍तरले उनलाई भनेअनुसार सबै कुरा गरे।

एस्‍तर 4 पढ्नुहोस्