“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक। आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ। कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्। परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ। तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ। “तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरजस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।
व्यवस्थाको पुस्तक 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्थाको पुस्तक 18:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू