परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ। तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइमध्येबाट मजस्तै एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।
व्यवस्था 18 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 18:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू