YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 18:9-15

व्‍यवस्‍था 18:9-15 सरल नेपाली

“परमप्रभुले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा जब तिमीहरू आइपुग्‍छौ, त्‍यहाँ बास गर्ने जातिहरूका घिनलाग्‍दा रीतिथिति नमान। वेदीमाथि आगोमा आफ्‍ना छोरा-छोरीहरूलाई बलि नचढाओ र तिम्रा मानिसहरूलाई जोखना हेर्न, साइत हेराउन, मन्‍त्रतन्‍त्र तथा टुनामुना गर्न नदेओ। तिनीहरूलाई प्रेत-आत्‍मासित सल्‍लाह लिन नदेओ। परमप्रभु तिम्रा परमेश्‍वरले यस्‍ता घिनलाग्‍दा काम गर्ने मानिसहरूलाई घिन गर्नुहुन्‍छ। त्‍यसैकारण तिमीहरू अघि बढ्दै जाँदा ती जातिहरूलाई उहाँले त्‍यस देशबाट धपाउँदैहुनुहुन्‍छ। परमप्रभुप्रति पूर्णरूपले विश्‍वासयोग्‍य रहो।” तब मोशाले भने, “तिमीहरूले अधीन गर्न लागेको देशमा मानिसहरूले जोखना हेर्न र साइत हेराउनेहरूका सल्‍लाह मान्‍छन् तर तिमीहरूलाई परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यसो गर्न दिनुहुन्‍न। त्‍यसका सट्टामा तिमीहरूका आफ्‍नै मानिसहरूका माझबाट उहाँले मजस्‍तै एक जना अगमवक्ता पठाउनुहुनेछ र तिमीहरूले उसको आज्ञा मान्‍नुपर्छ।