दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो। सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ। दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, यिमार, एलीशू, नेपेग, यापि, एलीशमा, एल्यादा तथा एलीपेलेत। पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए। दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?” परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।” तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ। फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले। दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”
शमूएलको दोस्रो पुस्तक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको दोस्रो पुस्तक 5:9-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू