२ शमूएल 5:9-24
२ शमूएल 5:9-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गढ कब्जा गरेपछि दाऊद त्यहीँ बस्न लागे र त्यसको नाउँ “दाऊदको सहर” राखे। डाँडाको पूर्वपट्टि जमिन आबाद भएको ठाउँबाट सुरु गरी गढका चारैतर्फ दाऊदले सहर बसाले। दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्वर तिनीसित हुनुहुन्थ्यो। टुरोसका राजा हीरामले एक व्यापारी दूत-मण्डल दाऊदकहाँ पठाए। तिनले सिकर्मी र डकर्मीलाई देवदारुका रूखका मुढाहरूसहित महल बनाउन दाऊदकहाँ पठाइदिए। त्यसरी परमप्रभुले आफूलाई इस्राएलमाथि राजा सुदृढ गर्नुभएछ र आफ्ना प्रजाको खातिर आफ्नो राज्यको उन्नति गराउँदै हुनुहुन्छ भनी दाऊदले थाहा पाए। हेब्रोनबाट यरूशलेम सरेपछि दाऊदले अझै धेरै स्वास्नी र रखौटीहरू ल्याए र तिनका अरू धेरै छोरा-छोरीहरू भए। यरूशलेममा तिनका यी सन्तान जन्मे; शम्मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, नेपेग, यापी, एलीशामा, एल्यादा र एलीपेलेत। दाऊद इस्राएलका राजा भएको कुरा पलिश्तीहरूले सुने र तिनलाई पक्रन भनी पलिश्ती सेना निस्किआए। यो कुरा सुनेर दाऊद एक सुरक्षित गढीमा शरण लिन गए। पलिश्तीहरू रपाईको बेसीमा आएर त्यसलाई कब्जा गरे। दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले मलाई विजयी गराउनुहुनेछ?” परमप्रभुले जवाफ दिनुभयो, “हुन्छ, आक्रमण गर्, म तँलाई विजयी गराउनेछु!” तब तिनी बाल-पराजीममा गए र त्यहाँ पलिश्तीहरूलाई हराए। तिनले भने, “परमप्रभुले मेरा शत्रुहरूलाई बाढीले भत्काएझैँ भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाम बाल-पराजीम भयो। पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर भागे र दाऊद र तिनका मानिसहरूले ती लगे। तब पलिश्तीहरू रपाईको बेसीमा नै फर्केर गए र त्यो फेरि आफ्नो कब्जामा लिए। फेरि एकपल्ट दाऊदले परमप्रभुसँग सोधे र उहाँले जवाफ दिनुभयो, “यहाँबाट तिनीहरूमाथि आक्रमण नगर्; तर घुमेर गई अर्कोपट्टिबाट लहरे-पीपलका बोटको छेउनेर तीमाथि आक्रमण गर्ने तयारी गर्। जब सेनाहरू हिँडेको जस्तो आवाज ती रूखहरूका टुप्पामा सुन्छस्, तब आक्रमण गर् किनभने म त्यहाँ तेरो अघि-अघि पलिश्ती सेनालाई परास्त गर्न हिँडिरहेको हुनेछु।”
२ शमूएल 5:9-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए। अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्ति एउटा महल बनाए। परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इस्राएलको निम्ति उच्च पार्नुभयो भनी दाऊदले अब थाहा पाए। हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्मे। यरूशलेममा जन्मेका तिनका सन्तानहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, नेपेग, यापी, एलीशामा, एल्यादा र एलीपेलेत। दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्न निस्के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए। पलिश्तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” तब तिनी उक्लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्नो किनार भत्काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनुभयो।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम राखियो। पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे। पलिश्तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्नुभयो, “यस पल्ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्ने पछिल्तिरबाट उनीहरूलाई आक्रमण गर्। लहरे-पीपलहरूका टुप्पामा हुरुरुरु आवाज सुन्ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्यस बेला परमप्रभु पलिश्तीहरूको सेनालाई परास्त गर्न तेरो अगिअगि जानुहुनेछ।”
२ शमूएल 5:9-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए। दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए। तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो। दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए। यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, यिभार, एलीशूअ, नेपेग, याफिया, एलीशामा, एल्यादा र एलीपेलेत। जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए। तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे। यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु।” यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो। पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे। पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे। यसकारण दावीदले याहवेहसँग सल्लाह लिए। अनि उहाँले भन्नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्। तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।”
२ शमूएल 5:9-24 पवित्र बाइबल (NERV)
दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो। सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ। दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, यिमार, एलीशू, नेपेग, यापि, एलीशमा, एल्यादा तथा एलीपेलेत। पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए। दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?” परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।” तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ। फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले। दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”