त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’” हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थना गरे अनि भने, “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाईंको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभएको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले। यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो, “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ। अनि म तिम्रो जीवनमा 15 बर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।’” तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।” यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए। हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?” यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।” हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।” तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलोको छाँया दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।
राजाहरूको दोस्रो पुस्तक 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: राजाहरूको दोस्रो पुस्तक 20:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू