YouVersion लोगो
खोज आइकन

२ राजाहरू 20:1-11

२ राजाहरू 20:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।” तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए, “हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए। यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो: “फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस्‌। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।” तब यशैयाले भने, “नेभाराको लेप बनाएर लगाउनू।” तिनीहरूले त्‍यसै गरे, र त्‍यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए। हिजकियाले यशैयालाई सोधेका थिए, “म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको भवनमा जानेछु भनी परमप्रभुले मलाई के चिन्‍ह दिनुहुनेछ?” यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्‍ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्‌?” हिजकियाले भने, “घामको छाया दश कदम अगि सर्नु त सजिलो छ। त्‍यो दश कदम पछि सरोस्‌।” तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।

शेयर गर्नुहोस्
२ राजाहरू 20 पढ्नुहोस्

२ राजाहरू 20:1-11 पवित्र बाइबल (NERV)

त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’” हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थना गरे अनि भने, “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाईंको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभएको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले। यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो, “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ। अनि म तिम्रो जीवनमा 15 बर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।’” तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।” यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए। हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?” यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।” हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ।” तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलोको छाँया दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।

शेयर गर्नुहोस्
२ राजाहरू 20 पढ्नुहोस्

२ राजाहरू 20:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्‍डै मरे। आमोजको छोरो यशैया अगमवक्ता उनलाई हेर्न गए र भने, “तैँले सबै कुराको बन्‍दोबस्‍त मिलाइराख् किनभने तँ बिसेक हुँदैनस् र तँ मर्नेछस्‌” भनी परमप्रभु तपाईंलाई भन्‍नुहुन्‍छ। हिजकियाले भित्तापट्टि मुख फर्काएर यस्‍तो प्रार्थना गरे, “हे परमप्रभु, मैले विश्‍वासयोग्‍य र भक्तिसाथ तपाईंको सेवा गरेको छु र तपाईंले मबाट चाहेअनुसार काम गर्ने चेष्‍टा गरेको छु भनी सम्‍झना गर्नुहोस्।” त्‍यसपछि उनी धुरुधुरु रुन लागे। यशैयाले राजासित बिदा लिए तर राजमहलका माझमा भएको आँगन पार गर्नुअघि नै परमप्रभुले उनलाई फर्केर मेरा प्रजाका राजा हिजकियाकहाँ गई यसो भन् भनी आज्ञा गर्नुभयो, “म परमप्रभु तेरा पुर्खा दाऊदका परमेश्‍वरले तेरो बिन्‍ती सुनें र तेरा आँसु देखें। म तँलाई बिसेक गराउनेछु र तीन दिनमा तँ मन्‍दिरमा जानेछस्। म तँलाई अझै पन्‍ध्र वर्षको आयु दिनेछु। तँलाई र यरूशलेम सहरलाई म अश्‍शूरका राजाका हातबाट बचाउनेछु। मेरो आफ्‍नै इज्‍जत र मैले आफ्‍नो सेवक दाऊदसित गरेको प्रतिज्ञाको खातिर म यो सहरलाई बचाउनेछु।” तब उनले राजाका सुसारेहरूलाई उनको पिलोमा नेभाराको लेप बनाएर लाइदिनू र उनी निको हुनेछन् भनी अह्राए। हिजकिया राजाले सोधे, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र तीन दिनमा म मन्‍दिरमा जान सक्‍नेछु भन्‍ने कुराको प्रमाण के कुराले दिन्‍छ?” यशैयाले जवाफ दिए, “परमप्रभुले आफ्‍नो प्रतिज्ञा राख्‍नुहुनेछ भन्‍ने प्रमाण स्‍वरूप तपाईंलाई एउटा चिनो दिनुहुनेछ। अब त्‍यो सिँढीमा परेको छाया दश कदम अघि सरोस् कि दश कदम पछि? तपाईं कुन कुरा चाहनुहुन्‍छ?” हिजकियाले उत्तर दिए, “छायालाई दश कदम अघि सर्न लाउनु सजिलै छ। त्‍यसलाई दश कदमपछि सर्न लाऊ।” यशैयाले परमप्रभुलाई प्रार्थना गरे र आहाज राजाले बनाएको सिँढीमा परेको छायालाई उहाँले दश कदम पछि सार्नुभयो।

शेयर गर्नुहोस्
२ राजाहरू 20 पढ्नुहोस्