YouVersion लोगो
खोज आइकन

राजाहरूको दोस्रो पुस्तक 11:19-21

राजाहरूको दोस्रो पुस्तक 11:19-21 NERV

पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुशरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे। सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो। योआश सात बर्षका थिए जब तिनी राजा बने।