२ राजाहरू 11:19-21
२ राजाहरू 11:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले आफूसित सय-सयका दलका कप्तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्दिरबाट राजमहलभित्र ल्याए। तब राजा राजगद्दीमा बसे, र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। जब योआश राजा भए तब तिनी सात वर्षका थिए।
२ राजाहरू 11:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे। अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। शासन सुरु गर्दा येहोआश सात वर्षका थिए।
२ राजाहरू 11:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उनी अधिकृत र राजकीय अङ्गरक्षकहरूले राजालाई साथमा लिई मन्दिरबाट राजमहलमा लगे। मानिसहरू पछिपछि गए। योआश पहरा ढोकाबाट पसे र सिंहासनमा बसे। सारा प्रजा खुसीले रमाए। महलमा अतल्याहको हत्या भएकोले सहर शान्त थियो। सात वर्षको उमेरमा योआश यहूदाका राजा भए।

२ राजाहरू 11:19-21 पवित्र बाइबल (NERV)
पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुशरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे। सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो। योआश सात बर्षका थिए जब तिनी राजा बने।