YouVersion लोगो
खोज आइकन

२ राजाहरू 11:19-21

२ राजाहरू 11:19-21 NNRV

तिनले आफूसित सय-सयका दलका कप्‍तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्‍दिरबाट राजमहलभित्र ल्‍याए। तब राजा राजगद्दीमा बसे, र देशका सारा मानिसहरू आनन्‍दित भए। अनि सहरमा शान्‍ति भयो, किनभने अतल्‍याह राजमहलमा तरवारले मारिएकी थिइन्‌। जब योआश राजा भए तब तिनी सात वर्षका थिए।