YouVersion लोगो
खोज आइकन

शमूएलको पहिलो पुस्तक 20:1-17

शमूएलको पहिलो पुस्तक 20:1-17 NERV

रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?” जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।” तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।” जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।” त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।” जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।” दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?” तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे। जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु। यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ। जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ। त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि होस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।” त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।